भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ दोस्रो वर्षको उक्त परीक्षामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले शतप्रतिशत सफल नतिजा हासिल गरेको छ ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट नर्सिङ दोस्रो वर्षको परीक्षामा कुल ३९ जनाले परीक्षा दिएकोमा परीक्षामा सम्मिलित सबै विद्यार्थीहरु उत्कृष्ट अंकले उत्तीर्ण भएका छन् ।
उक्त परीक्षामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान दोस्रो वर्षमा विद्यार्थीहरुले ल्याएको उच्चत्तम अंक ९०.७ प्रतिशत रहेको छ ।
परीक्षामा सम्मिलित ३९ जना विद्यार्थीमध्ये ३६ जनाले विशिष्ट श्रेणीमा र तीन जना पहिलो श्रेणीमा उत्तीर्ण भएका छन् ।




