काठकाडौँ । सरकार र विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलनरत शिक्षकहरुबिच भएको वार्ता निष्कर्षविहीन भएको छ । शिक्षा मन्त्रालयमा मंगलबार रातिसम्म भएको वार्ता निष्कर्षविहीन भएको हो ।
वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले छलफल सकारात्मक भएको बताउनुभयो । उहाँले वार्ता सकारात्मक रहेको भन्दै छिटो समस्या समाधान हुने बताउनुभयो ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी रहेका थिए ।
शिक्षकहरु विभिन्न माग राखी गत चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका छन् ।
यसअघि पनि सोमबार भएको वार्ता निष्कर्षविहीन बनेको थियो ।




