एकीकृत समाजवादीले २४ बुँदे मागसहित ज्ञापनपत्र बुझायो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १९ गते ।
नेकपा एकीकृत समाजवादीले २४ बुँदे मागसहित शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।
एकीकृत समाजवादीले देश भ्रष्टाचार र अनिमियतता बढेसँगै आम जनताको आक्रोश बढेको भन्दै भ्रष्टाचार र अनियमित नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
साथै, व्यापारी र दलालको दलदलबाट निस्किएर जनता र देशको पक्षमा काम गर्नुपर्नेलगायत आफ्ना २४ बुँदे माग सम्बोधन गर्न ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र मकवानपुरको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउन एकीकृत समाजवादीका केन्द्रीय कमिटी उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज डा. गङ्गालाल तुलाधर, पोलिट ब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल, पोलिट ब्युरो सदस्य तथा प्रदेश कमिटी अध्यक्ष भीमप्रसाद दाहाल, केन्द्रीय सदस्य मीनाकुमारी लामा, पार्टीका मकवानपुर जिल्ला अध्यक्ष विष्णु दाहाल, पार्टीको केन्द्रीय सल्लाहकार सदस्य यादब प्रसाद गजुरेल, बागमती प्रदेश कमिटी सचिब एल.बि. श्रेष्ठलगायत पुग्नुभएको थियो । एकीकृत समाजवादीले शुक्रबार देशव्यापी रुपमा विभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाएको हो ।

ताजा समाचार

Related Articles