हेटौँडा, वैशाख १९ गते ।
हेटौँडाबाट चोरीभएको अटो चितवनको भरतपुरमा फेला पारी सवारी धनीलाई बुझाइएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १० का बमबहादुर न्यौपानेको ना. २ ह १३७१ नम्बरको अटो आफ्नै घर अगाडि पार्किङ गरी राखेको अवस्थामा आठ महिनाअघि चोरी भएकोमा भरतपुर महानगपालिका वडा नं. ११ सल्लेरी टोलमा फेला पारी सवारी धनी न्यौपानेलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त अटोको खोजतलासको क्रममा भरतपुरमा फेला पारी सवारी धनी ४१ वर्षीय न्यौपानेलाई कार्यालयमा बोलाई शुक्रबार बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्ष्क श्यामु अर्यालले जानकारी दिनुभयो । उक्त अटो गत भदौ १४ गते राति चोरीभएको थियो ।
साथै अटो चोरीमा संलग्न जिल्ला नवलपरासी कुलिन्टार गाउँपालिका. वडा नं. १ बस्ने वर्ष ३० को गोपाल श्रेष्ठ र भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३२ को शंकर ढकाललाई चोरी तथा डाँका मुद्धामा नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
