कान्ति लोकपथ बिहानैबाट अवरुद्ध

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २१ गते ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथको मकवानपुरका ललितपुरको सिमानामा रहेको डाइभर्सन बाटो बगाएपछि आइतबार बिहानैबाट कान्ति लोकपथ अवरुद्ध बनेको छ ।
आइतबार बिहान ६ः१५ बजे मकवानपुर र ललितपुरको सिमानामा रहेको डाईभर्सन बाटो वर्षाले बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ ललितपुर तर्फको बागमती खोलामा सवारी साधन आवत जावत गर्न बनाएको डाईभर्सन बाटो वर्षाको कारण बगाएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
प्रहरी टोलीबाट अबरुद्ध सडक खुलाउने पहल भईरहेको भन्दै उहाँले हाललाई हेटौँडाबाट काठमाडौँ जानको लागि अन्य बाटोहरु प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।
उक्त सडक स्तरोन्नतिका क्रममा गत बिहीबारबाट १५ दिनका लागि बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।

ताजा समाचार

Related Articles