आजको मौसमः हेटौँडालगायत देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २१ गते ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। हेटौँडालगायतका विभिन्न स्थानमा बिहानैबाट वर्षा भईरहेको छ । वर्षाका कारण कान्ति लोकपथलयातका मार्ग अवरुद्ध बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि अधिकांश बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आगामी २४ घण्टामा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग् र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles