हेटौँडा, वैशाख २७ गते ।
नेपाल खेलकुद महासंघ मकवानपुरको चौथो जिल्ला अधिवेशनबाट रूपा ढुङ्गाना अध्यक्षमा चयन हुनुभएको छ । महासंघको शनिबार हेटौँडामा भएको अधिवेशनले ढुङ्गानालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सङ्ग्राम बल लामा र धनकुमार मुक्तान,सचिवमा विवेकानन्द न्यौपाने , सहसचिवमा मदन कुमार बल र कोषाध्यक्षमा बिमल विक चयन हुनुभएको छ । सो अवसरमा पत्रकार सरोज पौडेल र तेक्वान्दो खेलमा अन्तर्राष्ट्रिय निर्णायक कोष उत्तीर्ण गरेका विमलबहादुर विश्कर्मालाई सम्मान गरिएको थियो ।
महासंघको केन्द्रीय महासचिव धरम बहादुर लामाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज रामेश्वर राना ,नेकपा एमाले जिल्ला उपसचिव आरती पाठक, महासंघ केन्द्रीय सचिव प्रभु नारायण शिवाकोटी ,हेटौँडा उपमहानगरपालिका ११ का वडाध्यक्ष जुना दाहाल ,महासंघ केन्द्रीय सचिवालय सदस्य सानू लामा, महासंघ प्रदेश कमिटी सहसंयोजक जेन श्रेष्ठ, युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटी , महासंघ जिल्ला कमिटीका निवर्तमान अध्यक्ष सविन मोक्तानलगायतको आतिथ्यता रहेको थियो।