खासकुरा संवाददाता
हेटौँडा, वैशाख २८ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ ज्यामिरे चौधमाईल सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 
सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश०३–००२ ख. ३२५४ नं. को ईट्टा लोड गरेको उक्त ट्रक आइतबार बिहान सडकको बाँया साईडमा रहेको विद्युतको पोलमा ठक्कर खाई पल्टन गई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
दुर्घटनामा परी ट्रक चालक चन्द्रपुर नगरपालिका बस्ने वर्ष ३१ को सन्दिप लामा टाउको र घाँटीमा चोट र ट्रक साहु सर्लाही बागमती गाउँपालिका ८ बस्ने वर्ष ३१ को नवीन कुमार गरङजा बाँया खुट्टामा चोट लागि घाईते हुनुभएको छ ।
दुवै जनाको मनहरी अस्पताल, मनहरीमा उपचारपछि डिस्चार्जभएको प्रहरीको भनाई छ ।




