बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशन सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ५ गते ।
बागमती प्रदेशको सोह्रौं अधिवेशन सोमबारबाट प्रदेशसभा भवन हेटौँडामा सुरुभएको छ ।
प्रदेश सभाको अधिवेशन बिहान ११ बजेबाट सुरु गर्ने गरी आव्हान भएपनि निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरुभएको थियो ।

सरकार र विपक्षी दलबिच विगतमा भएका सहमति कार्यान्वयनलागयतका सवालमा सहमति जुट्न नसक्दा बजेट अधिवेशनको रुपमा रहेको यस अधिवेशनको पहिलो बैठक ढिला गरी सुरु भएको हो । पहिलो बैठक शुभकामना सन्देशमा सीमितभएको थियो ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, मुख्यमन्त्री लामालगायतले अधिवशेनको सफलताको लागि शुभकामना दिएर मंगलबार बिहान ११ बस्ने गरी बैठक स्थगित गरिएको छ । सोमबारको बैठकका सबै विषयहरु कार्यसूचीबाट हटाइएको सभामुख पाठकले जानकारी गराउनुभएको थियो ।

बैठकमा सभामुख पाठकले प्रदेश सभाको सोह्रौं अधिवशेन आव्हान गर्नुभएको पत्र पढेर सुनाउनुभएको थियो ।

साथै सभामुख र सभामुखको अनुपस्थितमा प्रदेश सभाको बैठकको अध्यक्षता गर्ने प्रदेश सभा सदस्यहरु प्रदेश सभा बैठकबाट मनोनित गर्न सहमति भएको सभामुख पाठकले घोषणा गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles