थापा पुनः राजसंस्थाको वकालतमा

लोकप्रिय

हेटौँडा, भदौँ १३ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पुनः राजतन्त्रको वकालत गर्न थाल्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पूर्व राजा र राजतन्त्रकै चर्को रुपमा विरोध गर्दै आउनुभएको थियो । उहाँ गणतन्त्रवादी शैलीमा पूर्व राजाको विरोधमा उत्रनुभएको थियो ।
राप्रपामा अध्यक्षमा पराजित भएपछि त्यसको कारण पूर्व राजा भएको आरोपसहित पूर्व राजा ज्ञानेन्द्र शाहप्रति आक्रोस पोख्दै हेटौँडामा आएर राप्रपामा सुधार नभएमा र पूर्व राजाको पार्टीमा भएको हस्तक्षेपका बारेमा पार्टी अध्यक्ष लिङ्देनको धारणा नआएमा पार्टी छाड्ने चेतावनी दिनुभएका राप्रपा नेपाल अध्यक्ष थापाले पुनः राजतन्त्रको वकालत गर्न थाल्नुभएको हो ।
अध्यक्षमा पराजित भएपछि हेटौँडामा आएर त्यसको कारण पूर्व राजा भएको आरोप लगाउने थापाले बुधबार पुनः हेटौँडा आएर नेपालमा राजा आवश्यक भएको तर्क गर्नुभएको हो । यसअघि पूर्व राजाको कटट्टर विराधी रहनुभएको थापाले हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपालमा राजासहितको प्रजातन्त्रको मौलिक राज्यप्रणाली अहिलेको आवश्यकता भएको जिकिर गर्नुभएको छ ।
उहाँले धर्मनिरपेक्षता र सङ्घीयताले मुलुकलाई झनै अस्थिर र कमजोर बनाएको भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको छ ।
राप्रपा नेपाल मकवानपुर जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले जनता र सडक केन्द्रित भएर आन्दोलनको तयारीमा लाग्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

ताजा समाचार

Related Articles