खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ८ कोगटे स्थित कोगटेखोलामा पौडी खेल्ने क्रममा मंगलबार काठमाडौँका एक किशोरको डुबेर मृत्युभएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौँ महानगरपालिका वडा नं. १२ लाजिम्पाट बस्ने वर्ष १७ का नामसोज हगंजबेगुको पौडी खेल्ने क्रममा डुबेर मृत्युभएको हो ।

आफ्ना आठ जना साथीसहित घुम्न आएकोमा पौडी खेल्ने क्रममा डुबेर अचेत भएपछि निजका साथीहरुले पानीबाट निकालेका थिए ।

साथीहरु र प्रहरीको समेत सहयोगमा उपचारका लागि स्थानीय स्वास्थ्य चौकी सिस्नेरीमा लगिएकोमा राति २१ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार निजको शव आफन्तको जिम्मामा प्रहरीको साथ लगाई परीक्षणका लागी टिचिङ अस्पताल काठमाडौँ पठाइएको छ ।




