खासकुरा संवाददाता
हेटौँडा, जेठ १५ गते ।
गणतन्त्र दिवस मूल समारोह समिति बागमती प्रदेशको आयोजनामा बिहीबार हेटौँडामा प्रदेशस्तरमा गणतन्त्र दिवस मनाइएको छ । 

मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गणतन्त्र शासन व्यवस्था मात्र नभै न्याय, समानता, समावेशिता र सेवाभावको प्रतिक भएको बताउनुभयो ।

उहाँले जनता विकास, रोजगारी र समृद्धि चाहन्छन् भन्दै जनताले हामीलाई सत्ताकेन्द्रित नभै सेवाकेन्द्रित भएको देख्न चाहेको बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा नहुने बताउनुभयो ।

उहाँले संघीयताको पूर्ण कार्यान्वयन मार्फत शासकीय सत्ता आम नागरिकको तहमा पु¥याउन अझै थप कार्यहरु गर्न बाँकी रहेको बताउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट शासन व्यवस्था भएको भन्दै लोकतन्त्रबाटै समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा पत्रकार, विपतमा सहयोग गर्ने, समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलगायतलाई सम्मान गरिएको थियो । यसअघि विभिन्न समुदायको भेषभुषासहितको झाँकी र बाजगाजासहित ¥यालले नगर परिक्रमा गरी मुख्यमन्त्री कार्यालयको परिसरमा मञ्चको कार्यक्रममा परिणतभएको थियो ।

गणतन्त्र दिवसकै अवसरमा बुधबार मकवानपुरमा रक्तदान, वृक्षरोपण, स्वास्थ्य शिविरलगायतका कार्यक्रम आयोजना गरिएको थियो ।



