जनकपुरधाम, वैशाख ११ गते । मधेश प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले उक्त अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले मधेश प्रदेश सरकारको वैशाख ९ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस गरेको विज्ञप्ति आज प्रकाशित गरेको छ । सोही सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्नुभएको हो ।

वैशाख ११ गते, आज राति १२ बजेदेखि लागू हुने गरी छैटौँ अधिवेशन अन्त्य भएको जनाइएको छ । प्रदेश सभाको छैटौँ अधिवेशन अन्त्यसँगै अब नयाँ अधिवेशन बोलाउने तयारी सरकारको तर्फबाट अगाडि बढाइने भएको छ ।




