कर्मचारीको हाजिरी विद्युतीय प्रणालीबाट गर्न निर्देशन

लोकप्रिय

हेटौँडा, वैशाख ११ गते । बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कर्मचारीको हाजिरी विद्युतीय प्रणालीबाट गर्न र हाजिरी विवरण अद्यावधिक निर्देशन दिएको छ ।
मुख्यमन्त्री कार्यालयले प्रदेश सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई विद्युतीय हाजिरीसहित हाजिरी विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो ।

मुख्यमन्त्री कार्यालयका अधिकृत सातौँ ऋषिराम भुसालले मन्त्रालय र प्रदेश सरकारमातहतका सबै कार्यालय र निकायलाई कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको हाजिरी उपस्थितिको लागि विद्युतीय हाजिरी प्रणालीमा आवद्ध गर्न पत्राचार गर्नुभएको छ ।
हाजिरीको विवरणसमेत विद्युतीय प्रणालीबाटै देखिने व्यवस्था मिलाउनुहुन र प्रत्येक महिनाको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख प्रत्येक महिना समाप्त भएको तीन कार्यदिन भित्र मुख्यमन्त्री कार्यालयमा प्राप्त हुने गरी पठाउन भनिएको छ ।

साथै कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको हाजिरी उपस्थितिको लागि विद्युतीय हाजिरी प्रणालीमा आवद्ध गरी आएको, गएको, काज र बिदालगायतका विवरणसमेत विद्युतीय प्रणालीबाटै देखिने व्यवस्था मिलाउनसमेत मुख्यमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

ताजा समाचार

Related Articles