खासकुरा संवाददाता
हेटौँडा, जेठ १८ गते ।
बागमती प्रदेशमा रहेका स्थानीय तहहरुको बेरुजु रकम साढे चार अर्ब रुपियाँभन्दा बढी भएको पाइएको छ । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार यस प्रदेशभित्रका ११९ स्थानीय तहको महालेखापरीक्षकको प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०/०८१ सम्मको कूल बेरुजु चार अर्ब ५४ करोड ८५ लाख रुपियाँ पुगेको छ ।

स्थानीय तहको बजेट खर्चसँगै वित्तीय अनुसाशन कमजोर बन्दै गएको देखिएको प्रतिवेदनले औँल्याएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय तहहरुको दुई खर्ब ५० अर्ब ११ करोड ३१ लाख रुपियाँको लेखापरीक्षण गरिएकोमा बेरुजु प्रतिशत १.८२ रहेको छ ।

सातै प्रदेशमा सबैभन्दा कम बेरुजु प्रतिशत लुम्बिनी प्रदेशमा १.७८ र सबैभन्दा बढी मधेश प्रदेशका स्थानीय तहहरुको ३.४० प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार बागमती प्रदेशभरका ११९ स्थानीय तहमध्येमा शून्य बेरुजुभएको पालिकामा महाभारत गाउँपालिका रहेको छ ।




