हेटौँडा, जेठ २० गते ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ मा ज्येष्ठ नागरिकको सम्मानसँगै झुल वितरण गरिएको छ ।

वर्षायाम सुरुभएसँगै किटजन्य जिवबाट जोगिन र जोगाउन भन्दै मंगलबार भीमफेदीमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई झुल वितरण गरिएको हो ।

भीमफेदी गाउँपालिका वडा नं ६ का कार्यबाहक वडाध्यक्ष बुद्धिबहादुर लामा “कुमार“को सभापति तथा गाउँपालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान र झुल वितरण गरिएको थियो ।

६ नं वडामा रहेका निवृत्तिभरण सुविधा नलिएका ७५ वर्ष माथिका ७० जना ज्येष्ठ नागरिकलाई सम्मानसहित एक–एक थान झुल वितरण गरिएको थियो ।




