सालकपार्कलाई जिम्मा लगाइयो लोपोन्मुख सालक

लोकप्रिय

हेटौँडा, जेठ २० गते ।
हेटौँडा उपमहानगरपालिका १८, हर्नामाडीस्थित भुलभुलेमा फेला परेको लोपोन्मुख वन्यजन्तु हेटौँडा १७ मा रहेको सालक पार्कलाई जिम्मा लगाइएको छ ।

स्थानीय पूर्ण बहादुर रोक्काको घरको आँगनमा सोमबार भेटिएको सालकलाई चुच्चेखोला सामुदायिक वन उपभोक्तासहित अन्तर्गत रहेको सालक पार्कलाई जिम्मा लगाइएको हर्नामाडी कला प्रतिष्ठान, हेटौंँडा–१८ का अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो ।

सालक पार्कमा संरक्षण गर्ने गरी पार्कका व्यवस्थापक केदार गौतमलाई उक्त सालक हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

विश्वको अत्यन्तै दुर्लभ स्तनधारी जनावर मध्येको एक सालकको मकवानपुरका चुच्चेखोला सामुदायिक वन, रानी सामुदायिक वन उपभोक्ता समितिले संरक्षण गर्दै आएका छन् ।

साथै लोपोन्मूख सालकको संरक्षणमा चासो देखाउन र यसको संरक्षणप्रति सचेतना वृद्ध गर्नका लागि मकवानपुरका विभिन्न स्थानमा सालक पार्क र सालकको प्रतीक निर्माण गरिँदै आएको छ ।

ताजा समाचार

Related Articles