नेपाल प्रहरीको डिएसपी भन्दै ठगीमा संलग्न पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २८ गते । नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) भन्दै ठगीमा सम्लग्न भएको आरोपमा प्रहरीले दुई जना पक्राउ परेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरे घर भई कलंकी बस्ने ४२ वर्षीय रेवती ओझा छन् ।

जिल्ला प्रहरी परिसर काडमाडौँका अनुसार हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले छ लाख रुपियाँ ठगी गरेको आरोप छ । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये ज्ञानु २०७० फागुन २० गते हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष जेल बसेर छुटेको प्रहरीले बताएको छ ।

यसअघि निज विरुद्ध २०७० वैशाख १६ मा परिसर काठमाडौंबाटै सार्वजनिक अपराधमा र २०६७ कात्तिक गते जुवासम्बन्धी कसुरमा पक्राउ परेर मुद्दा चलेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles