बकैया पूर्णखोप सुनिश्चितता भएको गाउँपालिका घोषणा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २८ गते ।
मकवानपुरको बकैया गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको गाउँपालिका घोषणा गरिएको छ ।

बकैया गाउँपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख एवं जिल्ला खोप समन्वय समिति सदस्य सचिब कृष्ण बहादुर मिजारले बकैया गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको गाउँपालिका घोषणा गर्नुभएको हो ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाले स्वास्थ्य सेवामा स्थानीय बासिन्दाको पहुँच वृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो ।

बकैया गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रमेश फुयालले नेपाल सरकारको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना निर्देशिका अनुसार पूर्ण खोप सुनिश्चितताका लागि आवश्यक पर्ने सूचकहरु पूरा गरेसँगै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको गाउँपालिका घोषणा गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, वडा नं. ११ का वडाध्यक्ष गोपाल लामा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

जिल्ला खोप समन्वय समिति सदस्य सचिब कृष्ण बहादुर मिजारले पालिका पूर्ण खोप सुनिश्चितता भएको घोषणाको प्रमाणपत्र पालिका अध्यक्ष लामिछानेलाई हस्तान्तरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles