बागमती प्रदेश सभाको १ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ३० गते । बागमती प्रदेशसभाको आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक अझै सुरुभएको छैन ।
प्रदेश सभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।
प्रदेश सभा सचिवालयले दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणबस बस्न नसकेको भन्दै ३ः३० बजे बस्ने सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
तर दिउँसो ४ः१५ बजेसम्म पनि बैठक सुरु भएको छैन ।
प्रदेश सभाका सचिव रामकुमार पौडेलले दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणबश दिउँसो ३ः३० बजेका लागि सभामुखले निर्धारण गर्नुभएको भन्दै सूचना जारी गर्नुभएको छ ।
तर उक्त समयमा पनि बैठक सुरु नभएको हो ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्न ढकालले पार्टी संसदीय दलको बैठकसँगै अन्य विषयका कारण पनि बैठक बस्न ढिलाईभएको जानकारी दिनुभयो । उता नेपाली कांग्रेसका मुख्य सचेतक गोविन्द लम्सालले माओवादी केन्द्रको संसदीय दलको बैठक नसकिएकोले बैठक बस्न ढिलाई भएको बताउनुभयो ।

 

ताजा समाचार

Related Articles