कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा

लोकप्रिय

हेटौँडा, जेठ ३० गते ।
मकवानपुरको कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ ।
कैलाशमा शुक्रबार आयोजित कार्यक्रममा जिल्लाको विकट कैलाश गाउँपालिकालाई बागमती प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले पूर्ण खोप सुनिश्चिता तथा दिगोपना भएको गाउँपालिका घोषणा गर्नुभएको हो ।

उक्त गाउँपालिकालाई पहिलो पटक खोप सँगै पूर्ण संस्थागत गर्भजाँच भएको गाउँपालिका पालिका घोषणा गरिएको हो ।

राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप प्राप्त गरेकोसँगै पूर्ण खोप सुनिश्चिताभएको पालिका घोषणा गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।

जिल्ला पूर्णखोप समन्वय समितिमा सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले पूर्णखोप सुनिश्चिता गाउँपालिकाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

खोप समन्वय समिति गाउँपालिकाका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य चौकीलगायतलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles