भरुवा बन्दुक सहित एक जना पक्राउ

लोकप्रिय

हेटौँडा, जेठ ३० गते ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इन्दसरोवर गाउँपालिका ५ का वर्ष ६० का साङ दोर्जे लामालाई अबैध भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले निज लामाको घरकोठामा खानतलासी गर्दा अबैध भरुवा बन्दुक (हतियार) एक थान फेला परेको भन्दै लामालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भई रहेको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles