भालुको आक्रमणबाट वृद्ध घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ५ गते । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ६ त्रिवेणीमा भालुको आक्रमणबाट एक वृद्ध घाइतेभएका छन् ।

स्थानीय वर्ष ७२ का पदम बहादुर सिङतानलाई घर छेउको जंगल नजिकै रहेको पानीको मुहान हेर्न जाने क्रममा भालुले आक्रमण गरी घाइते बनाएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

बुधबार भालुको आक्रमणबाट गम्भीर घाईते भएपछि सिङतानलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ ।
सिङतानको टाउको अनुहार, बाँया तिघ्रामा चिथोरेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।
घटनास्थल प्रहरी चौकी तालढुङ्गा काभ्रेबाट करिब ७ कि.मि. पूर्वमा रहेको छ ।

ताजा समाचार

Related Articles