हेटौँडामा प्रदेशस्तरीय दुई दिने सीप महोत्सव सुरु

लोकप्रिय

हेटौँडा, असार १२ गते । हेटौँडामा बिहीबारबाट बागमती प्रदेशस्तरीय सीप महोत्सव २०८२ सुरु भएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बागमती प्रदेश उद्योग परिसङ्घको संयुक्त आयोजनामा भएको महोत्सवमा विभिन्न तीन विधामा प्रतिस्पर्धासँगै प्रशिक्षण र प्रर्दशनी गरिएको हो ।

शुक्रबारसम्म चल्ने महोत्सवमा बागमती प्रदेशभित्रका नौ वटा शिक्षालयका विद्यार्थीहरुको सहभागिता रहेको आयोजक बागमती प्रदेश उद्योग परिसङ्घले जनाएको छ ।
अटो मेकानिकल, सूचना प्रविधि र होटल व्यवस्थापन विधामा विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी भएका छ्न् ।

यसअघि महोत्सवको उद्घाटन गर्दै बागमती प्रदेशका निमित्त प्रमुख सचिव उदयबहादुर रानाले महोत्सवले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

बागमती प्रदेश उद्योग परिसङ्घका अध्यक्ष लेखराज पोखरेलले महोत्सवले रोजगार प्रदायक, तालिम प्रदायक र रोजगारको खोजीमा रहेका युवालाई एकै स्थलमा ल्याउन सहयोग पुगेको बताउनुभयो ।

ताजा समाचार

Related Articles