हेटौँडा, असार १२ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. १ कुन्छालमा सवारीसाधनको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

थाहा नगरपालिका वडा नं. ६ स्थित वज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको सवारीसाधनले कुन्छाल–कुलेखानी सडक खण्ड अन्तर्गत कुन्छालमा बिहीबार ठक्कर दिँदा पैदल यात्रु थाहा नगरपालिका वडा नं. ६ का ७१ वर्षीय सीताराम महर्जनको मृत्युभएको हो ।

सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको वज्रबाराही स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल, सतुङ्गलमा पु¥याइएकोमा महर्जनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारीसाधन प्रकार नखुलेको र खोजी कार्यभईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।




