हेटौँडा, असार १४ गते । साहित्य सङ्गम मकवानपुरको ३५६औँ नियमित साहित्य सन्ध्या तथा दिवङ्गत स्रष्टात्रय गोविन्द खड्का, डा. गणेश कुमार पौडेल र दीपक मुडवरी स्मृति विशेष कार्यक्रम सम्पन्न भएको छ।

शनिबार हेटौँडामा भएको कार्यक्रममा साहित्यकारहरूले रचनावाचन र तीन स्रष्टाहरूको तस्बीरमा माल्यार्पण गरिएको थियो । साथै स्रष्टा तथा नलेज भिलेजका संस्थापक सुदर्शन अधिकारीको निधनप्रति एक मिनेट मौनधारण गरी श्रद्धान्जलि व्यक्त गरिएको थियो ।

साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनाल सभाध्यक्ष तथा संस्थाका सल्लाहकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
