हेटौँडा, असार १४ गते । मकवानपुर राक्सिराङ गाउँपालिकामा वर्षासँगै परेको चट्याङ लागी एक गर्भवती महिलासहित चार जना घाइतेभएको छ ।

शुक्रबार राति १९ः३० बजेको समयमा राक्सिराङ गाउँपालिका ९ चिउराङ र घ्याल्चेमा चट्याङ लागेर चार जना घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राक्सिराङ गापा ९ बस्ने वर्ष अ.३७ की कमला मोक्तानको घरमा बसिरहेको अवस्था अचानक चट्याङ चट्याङ लागेर घाइते हुनुभएका राक्सिराङ ९ बस्ने वर्ष ३३ की सुनमाया तामाङ प्राथमिक उपचार पश्चात् मौलाकालिका अस्पतालमा चितवनमा लगी उपचार भईरहेको छ ।

यस्तै राक्सिराङ वडा नं. ९ का वर्ष ३५ का वीरसिंह मोक्तान, वर्ष ३७ की कमला मोक्तान र राक्सिराङ ९ घ्याल्चे बस्ने वर्ष १९ की गर्भवती डोल्मा मोक्तान चट्या लागेर सामान्य घाईते भई प्राथमिक उपचार पश्चात् घरमानै रहेको प्रहरीको भनाई छ । साथै घरमा रहेको बिजुलीको मिटर बक्स समेतमा क्षति पुगेको छ ।
