हेटौँडामा दुई दिने बागमती रोजगार महोत्सव सुरु

लोकप्रिय

हेटौँडा, असार १४ गते । हेटौँडामा शनिबारबाट दुई दिने बागमती प्रदेशस्तरीय रोजगार महोत्सव सुरु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको सहयोगमा महोत्सवभएको हो ।

प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले महोत्सवको उद्घाटन गर्दै महोत्सव रोजगार खोज्ने र रोजगारदतालाई जोड्ने लक्ष्यसहित महोत्सव गरिएको बताउनुभयो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका नगरप्रमख मीनाकुमारी लामा, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समिति अध्यक्ष दिलसुन्दर श्रेष्ठ, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्, बागमतीका प्रमुख कार्यकारी निर्देशक शान्ति लामालगायतले बजारको माग अनुसारको जनशक्ति उत्पादन आवश्यक भएको बताउनुभयो ।

महोत्सव अवधिमा करिब पाँच सय जनाले रोजगारी पाउने आकलन गरिएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार युवा उद्यमीलाई प्रोत्साहित गर्ने, व्यवसाय सुरु गर्ने प्रक्रियाका बारेमा जानकारी गराउनेलगायतका गतिविधि महोत्सव अवधिमा हुने छ ।

महोत्सवमा स्वदेशी तथा विदेशी औद्योगिक एवं व्यावसायिक प्रतिष्ठान र सिप प्रदान गर्दै आएका सरकारी तथा गैरसरकारीसंस्थाहरुको सहभागिता रहेको आयोजकको भनाई छ ।

ताजा समाचार

Related Articles