बागमती गापाको आगामी आवको बजेट पारित

लोकप्रिय

हेटौँडा, असार २९ गते । मकवानपुरको बागमती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ बजेट पारित भएको छ । गाउँपालिकाको सातौँ अधिवेशनको शनिबार सम्पन्न दोस्रो गाउँसभाबाट बागमती गाउँपालिकाको आर्थिक विधेयक, २०८२ र विनियोजन विधेयक २०८२ पारित भएसँगै आगामी आवको बजेट पारित भएको हो ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको गाउँसभाबाट पालिकाको आगामी आवको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी ८३ करोड ७२ लाख ६७ हजार ६ सय ७४ रुपियाँ बराबरको बजेट स्वीकृत भएको छ । गाउँपालिकाले आगामी आवका लागि सामाजिक विकास क्षेत्रमा ४२ करोड, पूर्वधार विकासका लागि १७ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिकका लागि १२ करोड २६ लाख, वातावरण तथा विपद व्यवस्थापनका लागि एक करोड १६ लाख, आर्थिक विकासका लागि पाँच करोड ४३ लाख र सुशासन तथा संस्थागत विकासका लागि चार करोड ५४ लाख रुपियाँ विनियोजन गरेको छ । पालिकाको चालु आवको बजेट ७१ करोड ६८ लाख रुपियाँ रहेको छ ।

गाउँसभाले साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी बिधेयक, २०८२, स्थानीय सडक सम्बन्धी विधेयक, २०८२, यातायात व्यवस्थापन सम्बन्धी विधेयक, २०८२, समाज कल्याण सम्बन्धी विधेयक, २०८२, संघ–संस्था (दर्ता तथा नवीकरण) सम्बन्धी विधेयक, २०८२ र कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७५ लाई प्रतिस्थापन गर्न बनेको कृषि तथा पशु व्यवसाय प्रवद्र्धन विधयेक, २०८२ गरेको छ ।

यस्तै खेलकुद सम्बन्धी विधेयक, २०८२, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक, २०८२ र गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ स्वीकृत गरेको गाउँपालिकाले जनाएको छ ।

ताजा समाचार

Related Articles