खासकुरा संवाददाता
हेटौँडा, साउन २ गते । मकवानपुर प्रहरीले लागूऔषध र चोरी गरेको चुरोटसहित चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १२ झोलुङ्गे पुलस्थित कान्छा बलको घुम्ती पसल बिहीबार बिहान फुटाई सामानहरु चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी चौकी पदमपोखरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने व्यक्तिहरुको खोजतलास गर्ने क्रममा हेटौँडा १२ स्थित भाईरल पुल क्षेत्रमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा स्थानीय वर्ष २२ का नवीन श्रेष्ठ र वर्ष २६ का विजय बललाई पक्राउ गरेको हो । निजहरुको साथबाट लागूऔषध नाईट्राभेट २२ ट्याब्लेट र चोरीको नौ बट्टा पाईलट चुरोट समेत फेला परेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार श्रेष्ठ र बललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटाँैडाबाट लागूऔषध मुद्धामा दिन पाँच को म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको छ ।




