लागू औषधिसहित चार जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २ गते । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–२ को छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
हेटौँडा २ सानोपोखरा चोकस्थित चिया पसलबाट अवैध लागूऔषध गाँजा ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल १८८ ट्याब्लेट सहित तीन जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भीमफेदी गाउँपालिका घर भएका ४२ वर्षीया सरस्वती मुक्तान, १९ वर्षीय रोजन मुक्तान र भारत मोतिहारी बस्ने २३ वर्षीय सुल्तान खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सरस्वतीको चिया पसलबाट उक्त लागूऔषध फेलासहित उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले शुक्रबार हेटौँडा वडा नं. ०२, पुरानो मनकामनापथस्थित डेरा कोठा गरी बस्ने वर्ष २१ को अंकित दोङलाई लागूऔषधसहित पक्राउ गरेको छ । निजको कोठा खानतलासी गर्ने क्रममा निजले लुकाई छिपाई गरी राखेको १११ ट्याब्लेट लागूऔषध नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल फेला परेको हुँदा उक्त लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार निज अंकित दोङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध मुद्धामा पाँच दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles