हेटौँडा, साउन ११ गते । साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको संयुक्त आयोजनामा सङ्गमको ३५७ औं नियमित सन्ध्या एवम् अप्सरा तिम्सिना स्मृति विशेष कार्यक्रम सम्पन्न भएको छ । सङ्गमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सङ्गमको अक्षयकोष निर्माणार्थ सहयोगीहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

आँचल साहित्य कला पुञ्जकि अध्यक्ष भावना सापकोटाले स्वागत गर्नुभएको कार्यक्रममा प्रलेसका बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दनाज्यूले दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा ३५७ औं नियमित सन्ध्याअन्तर्गत विजनेश सिग्देल,स्वस्तिका बानियाँ,मनोज मधुर,सानुभाइ विक,राजकुमार चौधरी ,शान्तिप्रिय वन्दना,देवराज खरेल,यश लामा,गोकर्ण लामा,जनार्दन खनाल ,राजकुमार लामिछाने ,निरा शर्मा,सावित्री ढुङ्गाना,सानु खनाल, तुलसी घिमिरेलगायतले रचना वाचन गर्नुभएको थियो ।
त्यस्तै सङ्गमको साहित्यिक गतिविधि सञ्चालनको लागि सञ्चालित अक्षयकोष निर्माण अभियानमा सहयोग गर्नुहुने रमेशमोहन अधिकारी,भरत लौडारी,दीपक दाहाल,सीताराम दाहाल,मधु ढुङ्गाना,रिदम घिमिरे,रिना आचार्य,गोविन्द चौलागाईं,राजकुमार बिक,पुरुषोत्तम लामिछाने,केशव श्रेष्ठ ’ज्योति’ र देवीराम लामालाई सम्मान गरिएको थियो ।

साहित्यकार राजकुमार लामिछानेले १७ हजार ७१७ रुपियाँ कार्यक्रममा सङ्गमको अक्षयकोष निर्माणका लागि सहयोग गर्नु भएको छ । सङ्गमको अक्षयकोष निर्माण अभियानमार्फत हालसम्म आठ २३ हजार ७० रुपियाँ सङ्कलन भएको सङ्गमका अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो।
कार्यक्रममा सङ्गमका सल्लाहकार सुबास खनाल त्यस्तै मुक्तिगोविन्द वैद्य,उमा मैनाली ,राजुराम राउत,विशाल अधिकारी ,उमेश तिमल्सिना,निरा शर्मा,सविता तिमल्सिना ,निर्मला भ्लोन,केशव समर्पण,सुवास सजलगायतको आतिथ्यता रहेको थियो ।
