हेटौँडा, साउन ११ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सशस्त्र प्रहरी बलले स्कारपियो गाडीमा फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित चार जना नियन्त्रणमा लिएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट शनिबार राति विपद् व्यवस्थापन बेश कुलेखानीले भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

ठमाडौँतर्फ जाँदै गरेको बि आर ०५ पिए९०९३ नं. को भारतीय गाडीमा ल्याइएको डाईजेपामलगायतका लागूऔषध र गाडीसहित उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
