खासकुरा संवाददाता
हेटौँडा, साउन ११ गते । मकवानपुरको मनहरी गाउँपालिका ७ चैनपुर रोड स्थित महादुर्गा वर्कसपलाई २५ हजार रुपियाँ जरिवाना गरिएको छ ।
मनहरी गाउँपालिका, सिविन नेपाल र श्रम तथा रोजगार कार्यालयले संयुक्त रुपमा गरेको बालश्रम अनुगमनको क्रममा वालश्रम प्रयोग गरेको पाईएपछि जरिवाना गरिएको हो ।
गाउँपालिका कार्यालयले बालश्रम नगर्न नगराउन भन्दै बालश्रम प्रयोग भएको पाइएमा कानुन बमोजिम सजाय हुने जनाएको छ ।
