चार जनाको उद्धार

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ११ गते । मानवसेवा आश्रम मुख्य कार्यालय हेटौँडाले रात्रिकालीन सडक सेवाको क्रममा चार जनाको उद्धार गरेको छ ।
उद्धार सेवाको क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, हेटौँडा उपमहानगरपालिका ९ का वडा सदस्य कमला पौडेललगायतको उपस्थिति रहेको थियो । तीन महिला र एक पुरुषलाई रात्रिकालीन सडक सेवाको क्रममा उद्धार गरेको मानव सेवा आश्रमले जनाएको छ ।
उद्धार गरिएका चार जनालाई मुख्य कार्यालय हेटौँडाको संरक्षणमा राखी स्वास्थ्य उपचारसँगै उहाँहरूको परिवार खोजी कार्य सेवालाई अगाडि बढाइएको जनाइएको छ ।

ताजा समाचार

Related Articles