हेटौँडामा ‘जेन–जी’ को प्रदर्शनी शान्तिपूर्ण

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २३ गते । भ्रष्टाचारविद्धको देशव्यापी विरोध प्रदर्शनका क्रममा ‘जेन–जी’ ले प्रदर्शन गरेका छन् ।
सोमबार हेटौँडा उपमहानगरपालिका अगाडिबाट सुरुभएको प्रदर्शन हेटौँडा बजारको बुद्धचोक, सिमाचोक हुँदै प्रदेश सभामा पुगेको थियो ।
हेटौँडामा प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदर्शनमा सहभागी युवा विद्यार्थीहरुले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गरिएको प्रति विरोध गर्दै आफूले तिरेको करको सदुपयोग हुनुपर्ने माग गरेका थिए ।
प्रदर्शनीमा विद्यालय र क्याम्पसका विद्यार्थीहरु पोशाकसहित आएका थिए ।
युवा विद्यार्थीको प्रदर्शनलाई लक्षित गरी हेटौँडाको सुरक्षा व्यवस्था कडा बनाइएको थियोे । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रदर्शन शान्तिपूर्ण रुपमा भएको जनाएको छ ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा हेटौँडा आउने कार्यक्रम स्थगित भएको छ ।
१ सय १२ औँ बिपी जयन्ती दिवसको अवसरमा कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १ ‘ख’ ले आयोजनामा हुने भेलालाई सम्बोधन गर्न थापा मंगलबार हेटौँडा आउने कार्यक्रम तय भएको थियो ।
तर कांग्रेसले विशेष कारणवश् भन्दै कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

ताजा समाचार

Related Articles