काठमाडौँ, असोज २६ गते । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले बर्तमान अवस्था सुधारका लागि मुख्य दलका तीन शीर्ष नेताहरु राजनीति छाडनु पर्ने बताउनु भएको छ । महामन्त्री थापाले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा,नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अब नेतृत्व छाडनु पर्ने धारणा राख्नु भएको हो ।

समाजिक संजाल फेसबुकमा भिडियो सन्देश राख्दै महामन्त्री गगन थापाले वर्तमान अवस्था सुधारका लागि तीन शीर्ष नेताले तत्कालै नेतृत्व छाडनु पर्ने बताउनु भयो ।

थापाले जेनजीसँग सम्वाद अघि बढाउनुपर्ने धाराणा राख्दै जेनजी र आफुहरुले चाहेको सुशासन नै हो भन्दै त्यसका लागि सँगै मिलेर संवाद गरेर अघि बढनुपर्ने भन्दै सम्वादका लागि आग्रह समेत गर्नु भएको छ ।
