जेनजी समूहद्वारा टायर बालेर प्रदर्शन

लोकप्रिय

वीरगञ्ज, मङ्सिर ४  गते ।  नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपको विषयलाई लिएर आज बिहान १० बजे देखि जेनजी समूहले प्रदर्शन गरेसँगै फेरी बाराको सिमरा क्षेत्र अशान्त बनेको छ ।

युवाहरू आज पनि सडकमा टायर बालेर प्रदर्शन गर्दै नाराबाजी गरिरहेका छन् । प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् यातायात सञ्चालनमा आएसँगै जनजीवन सामान्य भएपछि गएराति ८ बजे देखि कर्फ्यु हटाइएको थियो । फेरी आज बिहान बाट प्रदर्शन शुरु भएसँगै सो क्षेत्रको वातावरण अशान्त बनेको हो । आज सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत बन्द रहेको छ ।

बुधबार दिनभर तनावग्रस्त बनेको र जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश नै जारी गरेको सिमरामा बिहानैदेखि पुनः प्रदर्शन सुरु भएको हो । जेनजी युवाहरूले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले आफूहरूमाथि कुटपिट गर्ने एमालेका नेता तथा कार्यकर्ताहरूलाई तत्काल पक्राउ गर्नुपर्ने माग गर्दै विरोध गरिरहेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा आज बिहान देखि उत्पन्न तनावलाई साम्य पार्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाराका प्रमुख जिल्ल अधिकारी धर्मेन्द्र कुमार मिश्रले सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै आगामी कदम चाल्ने सम्बन्धमा सुरक्षा निकाय बिच छलफल भइरहेको बताउनुभयो ।

ताजा समाचार

Related Articles