हेटौँडामा सडक डिभिजिनले धराप बनाएको घर सफाइका क्रममा एक मजदुर गम्भीर घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २४ गते । सडक डिभिजन हेटौँडाले धराप पारेर छाडेको घर सफाई गर्ने क्रममा एक निर्माण श्रमिक गम्भीर घाइते भएका छन् ।
सडक डिभिजनले कोपरेर छाडेको घर सफा गर्ने क्रममा ढलान तल झरेर बुधबार निर्माण श्रमिक जितेन्द्र माझी घाइते हुनुभएको हो ।

हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा सडक डिभिजन हेटौँडाले सडक चौडा गर्ने क्रममा डोजर चलाएर धराप बनाएका घरटहराका कारण सफाई श्रमिकदेखि पैदलयात्रुसम्मका लागि मुख्य बजार क्षेत्रमा सुरक्षा चुनौती बढेको छ ।
सडक डिभिजन, स्थानीय प्रशासन र हेटौँडा उपमहानगरपालिकाले सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दा श्रमिक घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले १९ वर्षीय घाइते माझीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको जानकारी दिनुभयो ।

सडक चौडा गर्ने क्रममा सडक डिभिजन कार्यालयले मकवानपुर उद्योग वाणिज्य संघ अगाडि रहेको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा अधकल्चो अवस्थामा छाडेको एक घर सफा गर्दै गर्दा अचानक दुई तला माथिको ढलान तल झरेर रौतहट जिल्ला माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल हेटौँडा १० बुद्धचोकमा डेरा गरी बस्ने माझी घाइते हुनुभएको थियो । माझीको हेटौँडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles