खासकुरा संवाददाता
हेटौँडा, पुस ४ गते । उज्यालो नेपाल पार्टी मकवानपुरको अध्यक्षको जिम्मेवारी सुरेन्द्र लामाले प्राप्त गर्नुभएको छ ।
उज्यालो नेपाल पार्टीको मकवानपुर जिल्लाको शुक्रबार भएको पहिलो बैठकबाट युवा इन्जिनियर सुरेन्द्रको अध्यक्षतामा जिल्ला समिति गठन गरिएको हो ।
बागमती प्रदेश सभाका पूर्व सदस्य ओम ग्लानको अध्यक्षता तथा उक्त पार्टीका बागमती प्रदेशका संयोजक प्रविण तामाङ प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।

जिल्ला समितिको उपाध्यक्षमा बुद्धिमान लामा, सचिव मिनराज तितुङ र कोषाध्यक्ष देवी घलान रहनुभएको छ ।
यसैगरी, नवगठित जिल्ला समितिमा संरक्षकमा ओम ग्लान, जिल्ला इन्चार्जमा गोविन्द भ्लोन र सल्लाहकारमा रमेश कुमार स्याङ्तान मनोनित हुनुभएको छ ।
जिल्ला समिति गठनसँगै मकवानपुर जिल्लामा पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउने र नवगठित समितिले युवाको नेतृत्वमा नयाँ सोच, ऊर्जा र प्रतिबद्धतासहित पार्टीको उद्देश्य र अभियानलाई जनस्तरसम्म पु¥याउने जनाइएको छ ।




