राक्सिराङमा कृषि हाटबजार

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस १५ गते । स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङमा कृषि हाटबजार सञ्चालनमा ल्याइएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा मङ्गलबार भएको कृषि हाटबजार शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री सन्त चेपाङ्ग, गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङ, अग्नि होत्र आश्रमको प्रमुख डा. सीताराम खनाल, अगुवा कृषक रामबहादुर बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

राक्सिराङ गाउँपालिकाको आयोजनामा भएको सो राक्सिराङ कृषि हाटबजार हरेको महिनाको १ र १५ गते हुने भएको छ । कृषि हाट बजार शुभारम्भ कार्यक्रममा राक्सिङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले स्थानीय उत्पादनको प्रवद्र्धन गर्न हाट बजार सुरु गरिएको बताउनुभयो ।

कृषि हाटबजारमा स्थानीय रैथाने उत्पादनहरु गहत, मास, फापर, कोदोको पिठो, आलु, पिँडालु,सालको पातको दुना, फलामे औजारहरु, स्थानीय परिकार गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नुलगायत बिक्री तथा प्रदर्शनीका लागि रािखएको थियो । साथै लोकल कुखुरा, बँगुरको मासु, ताजा तरकारी, स्थानीय स्तरमा उत्पादित मौरी, चिउरीको महलगायतको स्टलहरु हाट बजारमा रहेको थियो ।

ताजा समाचार

Related Articles