समानुपातिकतर्फकाे मत परिणाम सार्वजनिक

लोकप्रिय

काठमाडाैं, फागुन २७ गते । निर्वाचन आयोगले दलहरुले समानुपातिकतर्फ पाएका सिट संख्या बाँडफाँट गरेको छ ।

आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फकाे एक सय १० सिटकाे नतिजा सार्वजनिक गरेकाे हाे । आयोगका अनुसार सबैभन्दा धेरै रास्वपाले ५७ सिट पाएको छ। यसैगरी, नेपाली काँग्रेसले २० र एमालेले १६ सिट पाएका छन। यसैगरी नेकपाले ९ सिट प्राप्त गरेको छ ।

पहिलो पटक चुनावी प्रतिश्पर्धामा रहेको श्रम संस्कृति पार्टी र राजाबादी दल राप्रपाले समान ४-४ सिट पाएका छन । यसैबीच, दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न निर्वाचन आयोगले पत्राचार गरेको छ। त्यस्तै, समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ ।

ताजा समाचार

Related Articles