बागमती प्रदेशस्तरीय कम्युनिटी कोचिङ कोर्स हेटौँडामा

लोकप्रिय

हेटौँडा, जेठ २० गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बागमती प्रदेशस्तरीय हेटौँडामा ‘कम्युनिटी कोचिङ कोर्स’ आयोजना गरेको छ ।
तल्लो तहदेखि फुटबलको विकास तथा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले प्रशिक्षणमा बागमती प्रदेशका १३ जिल्लाबाट ९१ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रम संयोजक अमृत लुङ्वाका अनुसार तालिममा सहभागीहरूलाई फुटबलका आधारभूत सिद्धान्त, खेल कौशल, प्रशिक्षण पद्धति तथा खेलका आधुनिक नियमबारे सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिने छ ।
हेटौँडा–६ स्थित गौरीटार रंगशालामा सञ्चालन भइरहेको प्रशिक्षण यही जेठ २७ गतेसम्म चल्नेछ । तालिम पूरा गर्ने सहभागीहरूले एन्फाको ‘सी’ लाइसेन्स कोचिङ कोर्समा सहभागी हुने अवसर प्राप्त गर्ने भएका छन् ।

ताजा समाचार

Related Articles