काठमाडौँ, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा सोविता गौतम निर्वाचित हुनुभएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा शुक्रबार भएको मतदान प्रक्रियाबाट उहाँ निर्वाचित हुनुभएको हो । उपसभापति पदमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम विजयी हुनुभएको हो । गौतम नेपाल सरकारको कानुन न्याय तथा संसदीय मामिलामन्त्रीसमेत हुनुहुन्छ । उपसभापति पदमा गौतमले ७८९ मत ल्याउनुभएको छ भने कार्कीले ५७२ मत पाउनुभएको छ ।




