हेटौँडा, फागुन २१ गते ।
ज्यान मार्ने उद्योग गरेको अभियोगमा मकवानुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
बा २१ च ६०७ नम्वरको कारलाई रोकी कार चालक जितपुर सिमरा उपमहानगरपालिका २२ बस्ने बलराम लामा दोङ र सोही कारमा सवार वडा नं. २१ बस्ने वर्ष ६० का मनोज साहलाई कुटपिटमा संलग्नभएको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
हेटौँडाबाट वीरगञ्जतर्फ जाँदै गरेको कारका चालक ५० वर्षीय दोङ र कारमा सवार साहलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार बारा जिल्ला सिम्रनगढ नगरपालिका वडा नं. ४ बस्ने वर्ष १९ का अजय गिरी, वर्ष २० का सञ्जय गिरी, वर्ष १९ का शिव मङ्गल गिरी र रौतहट मौलापुर नगरपालिका वडा नं. ६ बस्ने वर्ष २० का शिवम् गिरी रहेका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १५ पिपल चौतारास्थित सडकखण्डमा आइतबार राति हेटौँडाबाट वीरगञ्जतर्फ जाँदैं गरेको बा २१ च ६०७ नम्वरको कारलाई सोही दिशाबाट जाँदै गरेको म.प्र. ०२–०३४ प १३७२ र प्र. ०२– ०३४ प ४१२९ नं. को दुई वटा मोटरसाईकलकका चालक र सावर उनीहरुहरुले बाटो अवरोध पु¥याउँदै उक्त कारलाई रोकी कार चालक दोङ र सोही कारमा सवार साहलाई कुटपिट गरी शरीरको विभिन्न भागहरुमा गहिरो चोट पु¥याई घाईते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उहाँका अनुसार घटनामा संलग्न मोटरसाइकल चालक र मोटरसाइकलमा सवारहरुलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटाँैडाबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसुर मुद्धामा छ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्यभईरहेको छ ।