राप्रपालाई महानगरद्वारा एक लाख जरिबाना

लोकप्रिय

काठमाडौं, फागुन २६ गते । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपियाँ जरिबाना लगाउँदै पत्राचार गरेको छ ।
आइतबार पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको महानगरपालिकाको पत्रमा उल्लेख छ।

महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड र त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्‍याएको र जथाभावी फोहोर फालेको भनेको छ।

नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गर्नुभएको पत्र निर्वाचन आयोग पनि पठाइएको छ ।

फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको पत्रमा उल्लेख गरिएको छ।

यसअघि, गत मंसिर ७ मा दरबार मार्गमा नेकपा एमालेको जागरणसभाका क्रममा फोहोर गरेको भन्दै महानगरले सो पार्टीलाई पनि जरिबानाको पत्र पठाएको थियो।

 

ताजा समाचार

Related Articles