मकवानपुरे स्रष्टाको कृति विमोचन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ३० गते ।
मुक्तक मञ्च मकवानपुरको २४ औँ नियमित शृङ्खला,कृति विमोचन एवम् स्रष्टा सम्मान कार्यक्रममा मकवानपुरमा तीन जना स्रस्टाको कृति विमोचन गरिएको छ ।
हेटौँडामा शनिबारभएको कार्यक्रममा जिल्लाका तीनजना कृतिकारको तीन वटा मुक्तक संग्रह विमोचन गरिएको हो । कृति विमोचनसँगै किशन पौडेलको कृति “अन्तर्ध्वनी“ को मुक्तककार डिबी बर्तौलाले, राजबाबु पहाडीको कृति “गल्छेडाका धुनहरु“ को कवि शान्ति प्रियवन्दना र दिनेश शर्माको “बन्द ढोकाको चीत्कार“ कृतिको मुक्तककार दीपक गौतमले समीक्षा गर्नुभएको थियो ।
यसैबीच स्रष्टा सम्मानतर्फ रुपन्देही निवासी मुक्तककार रमेश समर्थन्लाई हास्यव्यङ्ग्यकार आरसी रिजालद्वारा स्थापित “हरिकृष्ण काफ्ले मुक्तक सम्मान २०८१“ द्वारा सम्मान गरिएको छ ।
कार्यक्रममा चितवन निवासी विमला अधिकारी देवकोटालाई मुक्तककार किशन पौडेलद्वारा स्थापित “तारा स्मृति मुक्तक २०८१“ द्वारा सम्मान गरिएको थियो । हरिकृष्ण काफ्ले मुक्तक सम्मान र तारा स्मृति मुक्तक सम्मानको पुरस्कार राशि क्रमशः १० हजार र सात हजार पाँच सय रुपियाँ रहेको छ ।
मञ्चका अध्यक्ष सागर तिमल्सिनाको सभाध्यता तथा मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम स्रष्टा सम्मान एवं मुक्तक संग्रह विमोचन गरिएको थियो ।

ताजा समाचार

Related Articles