मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख १२ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ७ लच्कास्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्युभएको छ ।
मनहरीबाट सुनाचुरीतर्फ जाँदै गरेको बा ६२ प. १११४ नं. को मोटरसाइकलको ठक्करबाट गएराति करिब ६०/६१ को महिलाले मृत्युभएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सडक क्रस गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्युभएको र ती महिलाको पहिचान नखुलेको जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते ती महिलाको उपचारका लागि हेटौँडा अस्पताल पठाईएकोमा राति बिहीबार २१ः४२ बजे डाक्टरले जाँच गर्दा मृत्यु भएको पाइएको थियो ।
महिलाले बाटो क्रस गर्ने क्रममा ठक्कर दिई मोटरसाइकल फरार भएकोमा खोजतलाश गर्ने क्रममा मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका ६ प्रतापुरका वर्ष ३२ का मन्शु गुरुङलाई निजकै घरबाट मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो ।
गुरुङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

Related Articles