खासकुरा संवाददाता
हेटौँडा, वैशाख १२ गते । मकवानपुरको कैलाश गाउँपालिकालाई पूर्ण खोप सुनिश्चतताभएको पालिका घोषणाको तयारी थालिएको छ । पालिका स्तरीय बिहीबारभएको खोप समीक्षा कार्यक्रममा यही वैशाख ३० गतेभित्र १० वटै स्वास्थ्य संस्थाले वडालाई पूर्णखोप सुनिश्चतता घोषणाको तयारी गरेको जनाएका हुन् ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गत वर्षबाट गाउँपालिकाका स्वास्थ्यका सूचकहरु पूरा हुँदै आएको भन्दै वडा तहमा रहने स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरुको लगावका कारण स्वास्थ्य क्षेत्रमा परिवर्तन आएको बताउनुभयो ।
उहाँले घरमा सुत्केरी गराउनेको संख्या बढ्दो, उनीहरुलाई सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी गराउने वातावरण सिर्जना गर्नु पर्ने भन्दै जन्मेको दिनदेखि पाँचवर्ष पुरा नहुन्जेल लगाईने खोपको मात्रा पुरा भएकै कारण खोप सुनिश्चतता घोषणाको तयारी गरिन लागिएको जानकारी दिनुभयो ।
अध्यक्ष मुक्तानले बताए । भौतिक विकास जस्तै स्वास्थ्य क्षेत्रमा भएको परिवर्तन, सूचकहरु पुरा हुनुपनि एक विकास नै भएको अध्यक्ष मुक्तानको भनाइ थियो ।
स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादवले खोप क्लिनिक र गाउँघर क्लिनिक सञ्चालनसँगै सबै किसिमका खोप लगाएको या नलगाएको सर्वेक्षण गर्ने गरिएको बताउनुभयो ।
पलिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले यही वैशाख २५ गतेदेखि ३० गते भित्रमा आवश्यक मापदण्ड पुरा गरि पूर्ण खोप सुनिश्चतता घोषणाको तयारी गर्न आग्रह गर्नुभयो ।
पाँच दिन भित्र १० वटै स्वास्थ्य संस्थाले घोषणा गरे पश्चात् आवश्यक प्रक्रिया पुरा भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चतता भएको पालिका घोषणा गरिने भएको छ ।




