प्रादेशिक अस्पतालमा विशिष्टीकृत शय्या दस प्रतिशत पनि छैन

लोकप्रिय

हेटौँडा, भदौ ९ गते ।

बागमती प्रदेश सरकार मातहतका अस्पतालको क्षमताको आधारमा १० प्रतिशतभन्दा कम विशिष्टीकृत शøया रहेको पाइएको छ । प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको श-या क्षमताको आधारमा ९२ प्रतिशतभन्दा बढी सामान्य श-या रहेको पाइएको हो । 

प्रादेशिक अस्पतालले क्याबिन, आइसियु, एचडियु, एनआइसियु र सामान्य श-या गरी ८७९ वटा श-याबाट सेवा प्रवाह गर्दै आएकामा विशिष्टीकृत श-या सङ्ख्या अर्थात् क्याबिन, आइसियु र एनआइसियु श-या सङ्ख्या ६८ मात्र रहेको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश मातहतका विभिन्न अस्पतालमा गरी क्याबिन श-या १०, आइसियु ३७ र एनआसियु २१ श-या रहेका छन् ।

आठ वटा प्रादेशिक अस्पतालमा मात्र विशिष्टीकृत श-या उपलब्ध रहेको छ भने पाँच वटा प्रादेशिक अस्पताल विशिष्टीकृत श-याविहीन छन् । १९ श-या रहेको रसुवा अस्पताल, २५ श-याको वज्रवाराही चापागाउँ अस्पताल, ४५ श-याको पशुपति चौलागाईं स्मृति अस्पताल, ३६ शøयाको रामेछाप अस्पताल र २५ श-याकै टोखा चण्डेश्वरी अस्पतालमा सामान्य श-या मात्र उपलब्ध छन् ।

प्रादेशिक अस्पतालमध्ये सबभन्दा बढी श-या अर्थात् १८८ श-या हेटौँडा अस्पतालमा रहे पनि क्याबिन र आइसियु गरी १३ श-या, त्रिशूली अस्पतालमा १०४ श-या रहेकामा क्याबिन एक, एनआइसियु चार र आइसियु सात गरी १२ तथा ९० श-या रहेको बकुलर रत्ननगर अस्पतालमा क्याबिन एक, एनआइसियु आठ र आइसियु पाँच गरी १४ विशिष्टीकृत श-या रहेको मन्त्रालयको तथ्याङ्कमा छ । प्रादेशिक अस्पतालमध्ये क्याबिन र एनआइसियु श-या पाँच पाँच वटा अस्पतालमा तथा  आइसियु शøया सात वटा अस्पतालमा रहेका छन् । 

कमजोर विशेषज्ञ सेवा

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी प्रदेश सरकार मातहतका अस्पताललाई क्रमशः सुविधासम्पन्नसँगै विशिष्टीकृत सेवा प्रवाहमा जोड दिँदै जाने योजना रहेको बताउनुहुन्छ ।

प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा प्रदान गरी स्थानीय स्तरबाट नै स्वास्थ्य सेवा नागरिकले पाउने अवस्थाको सुनिश्चितताका लागि विशिष्ट चिकित्सक, सेवासँगै विशिष्टीकृत श-या चालु आर्थिक वर्षमा थप गर्ने योजना रहेको मन्त्री जोशीले जानकारी दिनुभयो । विशिष्ट सेवा प्रादेशिक अस्पतालमा नै पाउने गरी “अस्पतालको सुधार र सुदृढीकरणका लागि बजेट विनियोजन गरिएको छ । प्रादेशिक अस्पतालमा स्वास्थ्यसम्बन्धी अत्याधुनिक उपकरण पनि थप गर्दै जाने तयारीमा छौँ,” मन्त्री जोशीले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवासँगै विशिष्टीकृत श-या चालु आवमा पनि थप गर्ने मन्त्रालयको योजना रहेको जानकारी दिँदै प्रादेशिक अस्पतालको स्तरोन्नतिमा मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनुभयो । “विशेषज्ञ सेवा दिने जनशक्ति कति उपलब्ध हुन्छ सोही अनुसार विशिष्टीकृत शøया थपिन्छन्, विशेषज्ञ सेवा विस्तार गर्ने योजना छ  तर विशिष्टीकृत श-या कति थप्ने भन्ने यकिन भइसकेको छैन,” प्रवक्ता तिवारीले भन्नुभयो । उहाँले प्रादेशिक अस्पतालमा आउने बिरामीको चाप र अस्पतालमा पहिले कायम भएका जनशक्तिको अनुपात नमिलेका कारण करारमा विशेषज्ञसहितको जनशक्ति राख्न आवेदन माग भएको बताउनुभयो ।

यसैबिच भदौ १ देखि प्रादेशिक अस्पतालमा सामान्य श-या निःशुल्क भएको छ । अस्पतालमा उपलब्ध शøयामध्ये क्याबिन, एआइसियु र आइसियुबाहेकका शøया निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो । प्रदेश सरकारको यो निर्णयले १३ वटा प्रादेशिक अस्पतालका गरी ८११ वटा श-या निःशुल्क रूपमा नागरिकलाई उपलब्ध हुने छन् । यस्तै प्रदेश मातहतका १३ वटै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले पुनर्बास र फिजियोथेरापी सेवा निःशुल्क रूपमा उपलब्ध गराउने भएका छन् । 

ताजा समाचार

Related Articles